सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु, टेकु र धोबीखोला किनारका बस्तीहरू हटाउन सुरु गरिएको हो। अहिले यी क्षेत्रहरूमा भग्नावशेषबाट छड, इँटा र अन्य कवाडी सामग्री निकाल्नेहरूको बाक्लो उपस्थिति देखिन्छ। बस्ती खाली गरिएका स्थानहरूमा कवाडी संकलन गर्नेहरूले शुल्क बुझाएरै सामान निकाल्ने गरेका छन्।

 

रौतहटका लालु रजकका अनुसार शंखमूल क्षेत्रमा दुईवटा घरको छड निकाल्न प्रतिघर ३५ हजार रुपैयाँ तिरेका छन्। शुक्रबार मात्रै शंखमूलमा १०७ वटा घर भत्काइएको थियो। इँटा संकलन गर्ने कार्यमा विशेषगरी महिलाहरूको ठुलो संख्या खटिएको छ। उनीहरू भत्किएका पर्खालबाट इँटा छुट्ट्याउने र सफा गर्ने काममा व्यस्त छन्।

 

साइकलमा कवाडी संकलन गर्नेहरू पनि यतिबेला भत्काइएका सुकुम्वासी क्षेत्रलाई नै मुख्य केन्द्र बनाएर सामान जुटाइरहेका छन्। भत्काइएका संरचनाबाट निस्कने फलाम र इँटाको पुनः प्रयोग हुन सक्ने भएपछि सुकुम्वासी बस्तीहरू यतिबेला कवाडी संकलकहरूको ’हब’ जस्तै बनेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा