काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको साझा दायित्व भएको बताउँदै स्वतन्त्र र निर्भिक प्रेसलाई लोकतन्त्रको प्रमुख आधार स्तम्भ भन्नु भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत् शुभकामना सन्देश दिँदै सभापति थापाले लेख्नु भएको छ, ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ ।
असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिएका सञ्चारकर्मीहरूको आफूले सम्मान गरेको उल्लेख गर्नु भएको छ । ‘प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार’ हो उहाँले भन्नु भयो।









