पोखराका सुकुमबासीलाई मेयरको आश्वासन

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गर्नु भएको छ। विना विकल्प राज्यले हटाउन लागेको भन्दै सुकुमबासीहरूले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । आचार्यले सुकुमबासी बस्तीलाई मानव ढालको रूपमा प्रयोग नगर्न र अनावश्यक उत्तेजनामा नआउन अपिल गर्नु भएको छ। सुकुमबासी समस्या समाधानको पहिलो चरणको रूपमा पोखराले निस्सा वितरण गरिसकेको छ । ’बसोबासका लागि अस्थायी प्रमाण (निस्सा) वितरण गर्ने सम्भवतः पोखरा पहिलो हो, उहाँले भन्नु भयो, ’निस्सा प्राप्त गर्नुभएका नागरिकहरूको यथार्थ छानबिन गर्ने कार्य भइरहेको छ ।

निस्सा प्राप्त गरेकाहरूको हकमा दुईवटा विकल्पबाट व्यवस्थापन गर्ने महानगरले जनाएको छ । हाल बसोबास गरिरहेको ठाउँ जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नपर्ने देखिएमा सोही स्थानमा व्यवस्थापन गर्ने र बसोबास गरेको ठाउँ जोखिमपूर्ण वा सार्वजनिक आयोजनाका लागि आवश्यक भएमा नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने मेयर आचार्यले सुनाउनु भयो ।

 

पछिल्लो समय अतिक्रमित क्षेत्र खाली गराउने महानगरको सूचनापछि समस्या गिजोल्ने प्रयास भइरहेको उहाँको आरोप छ । ’प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगर तपाईंहरूको समस्या समाधानका लागि जिम्मेवार छ,।

 

उहाँले सुकुमबासीहरूलाई आफ्ना माग र सुझावहरू राख्नका लागि सङ्घर्ष समिति गठन गर्नुको सट्टा सहयोग तथा सहजीकरण समिति गठन गर्न भन्नु भयो । महानगरले कानुनसम्मत ढङ्गले वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सबै सरोकारवाला पक्षलाई आह्वान गरेको छ । पोखराका सुकुमबासीले आज प्रधानमन्त्री र मेयरलाई ज्ञापनपत्र बुझाउने तयारी गरि रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने

पोखराका सुकुमबासीलाई मेयरको आश्वासन

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गर्नु

मोरङ-३ को भूमि समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।