पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं ३ घर भएकी र हाल पोखरा वडा नं १० रामबजार बस्दै आएकी २५ वर्षीया अम्बिका पुलामी मगर रहेकी छिन् ।

उनलाई गत वैशाख ६ गते पोखरा महानगरपालिका वडा नं २५ हेम्जा रामचोकमा बस्ने अन्दाजी छ वर्षीया बालिकाको मुद्रा चोरी गरेको आरोप लागेको थियो। बालिकालाई अपरिचित अम्बिकाले तिम्रो ममीको साथी हुँ भनी फकाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनले विभिन्न प्रलोभन देखाएर बालिकालाई एकान्तमा पुर्याएर कानमा लगाएको करिब एक लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा लुटेर फरार भएकी थिइन् ।

बालिकाका आफन्तको जाहेरी पछि प्रहरीले घटनास्थल वरपरको फुटेजको अध्ययन गरेको थियो भने फुटेजमा पहेँलो रङको रेनकोट लगाएकी महिलाले ग२५प ३५८४ नम्बरको स्कुटरमा बालिकालाई लिएर गएको देखिएको थियो ।

अनुसन्धान गर्ने क्रममा उक्त स्कुटर पनि भाडामा लिइएको खुलेको छ । प्रहरीले खोजतलास तीव्र पारेको थियो । अन्ततः वैशाख १७ गते पोखरा वडा नं ९ महेन्द्रपुलबाट अम्बिकालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।

प्रहरीले चेक गर्दा पक्राउ परेकी अम्बिका पुलामी मगर पुरानो पटके अपराधी भएको खुलेको छ ।

उनी विरुद्ध यसअघि नै कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी १८ ओटा फरक फरक मुद्दामा कैद र जरिवानाको फैसला भइसकेको देखिएको प्रहरीले जनाएको छ ।
उनीबिरुद्ध ०७९ असार ८ मा १० ओटा मुद्दामा जनही दुई वर्ष कैद र २० हजार जरिवाना, २०७९ असार २२ गते अन्य आठ ओटा मुद्दामा छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय भएको अदालतको अभिलेखमा देखिएको छ ।

हाल उनलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।