सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार अन्तर्गतका छोटी भन्सारहरूको अवस्था अहिले यस्तै छ।
मेची भन्सार कार्यालय मातहतमा रहेका ६ वटा छोटी भन्सार मध्ये अहिले ५ वटा पूर्ण रूपमा बन्द छन्। गौरीगञ्जको आठमौजा छोटी भन्सार त सञ्चालनमा छ, तर त्यहाँ पनि कारोबार शून्य जस्तै छ।

गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा र महाभारा जस्ता रणनीतिक नाकाहरूमा रहेका भन्सार कार्यालयहरू अहिले नाम मात्रका छन्। भन्सार नचल्नुको मुख्य कारण— त्यहाँ न क्वारेन्टाइनको सुविधा छ, न त व्यापारिक चहलपहल नै। मेची भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, व्यापार नहुँदा यी नाकाहरू सुस्ताएका हुन्।
तर, स्थानीय बासिन्दा र जनप्रतिनिधिको गुनासो भने फरक छ। मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की भन्नुहुन्छः
“१९९० सालदेखि चलेको बाहुनडाँगी जस्तो ऐतिहासिक नाका ८ वर्षदेखि बन्द हुनु दुःखद छ। हामी जनस्तरबाट सहयोग गर्न तयार छौँ, तर सरकारले यो पुरानो विरासत जोगाउन चासो देखाएन।“

हुन पनि, राणाकाल र पञ्चायतकालमा समेत इलाम र झापाका मानिसहरू कोलकाता सम्म पुग्ने यो मुख्य मार्ग अहिले झाडीले भरिएको छ। कतिपय ठाउँमा भन्सारका भवनहरू जीर्ण भइसकेका छन् भने कतै सशस्त्र प्रहरीले सुरक्षा दिएर ती भवन जोगाइरहेका छन्।

 

काँकडभिट्टामा प्रविधियुक्त सुख्खा बन्दरगाह बनिरहँदा, गाउँका यी छोटी भन्सारहरू भने इतिहासको पानामा मात्र सीमित हुने डर बढेको छ। के सरकारले यी नाकाहरूलाई फेरि सञ्चालनमा ल्याँउला? कि यी सरकारी भवनहरू यसरी नै खण्डहर बनिरहनेछन?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता