सरकारलाई हर्क साम्पाङको प्रश्नै–प्रश्नः खुल्ला पत्र मार्फत आक्रोश

काठमाडौँ,२२ वैशाख । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेख्नु भएको छ। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठायनु भएको छ ।

 

नेपालको लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उहाँले प्रश्न गर्नु भएको छ्। केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उहाँले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गर्नु भएको छ।

 

सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नु भयो। सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने उहाँको तर्क छ। गरीबको बास भत्काउन डोजर प्रयोग गरिरहेको सरकारलाई साम्पाङले सुझाव दिँदै भन्नु भएको छ,’सुकुमबासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ?’

 

विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उहाँले माग गर्नु भएको छ्। ’राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ पत्रमा लेखिएको छ। बजेट निर्माण गर्दा सबै क्षेत्रका जनताका समस्यालाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा पत्रकार सम्मेलन मार्फत जनतालाई जानकारी गराउनुपर्ने साम्पाङको माग छ।

harka

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

समयमै वर्षा भएपछि उदयपुरका किसान उत्साहित

उदयपुर,२२ वैशाख । सामान्यतया खडेरी हुने समय चैत र वैशाखमा यस वर्ष निरन्तर वर्षा भएपछि उदयपुरका मकै खेती गर्ने किसानहरू उत्साहित भएका छन्। उपयुक्त समयमा

मोरङमा सार्वजनिक जग्गाको विवादः बस्ती हटाउने कि व्यवस्थापन गर्ने?

विराटनगर,२२ वैशाख । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश कार्कीले हालै सामाजिक सञ्जालमा एउटा गम्भीर विषय उठाउनु भयो– “मोरङ–३ को भूमि

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख । सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको

सुनसरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सुनसरी,२२ वैशाख। सुनसरीको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  

प्रहरीमाथि आक्रोश पोखेको भिडियो सार्वजनिक भएपछि सांसद राई विवादमा

काठमाडौँ,२२ वैशाख। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई विवादमा तानिनु भएको छ। सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका