बालेन सरकारको ‘एक्सन’ कि केवल आश्वासन? आयोगको सुस्त चालले जन्मायो आशंका!

काठमाडौँ,२२ वैशाख । के नेपालका शक्तिशाली नेता र उच्चपदस्थ कर्मचारीहरूको अवैध सम्पत्तिमाथि अब डोजर चल्ने नै हो त? सुशासनको ठूलो नारासहित बालेन सरकारले २ हजार तिरसठी यताका भिआइपी हरूको सम्पत्ति छानबिन गर्ने घोषणा त ग¥यो, तर कामको गति देख्दा एउटा गम्भीर प्रश्न उब्जिएको छ
— कतै यो कुरा मात्र त हुने होइन?

 

वैशाख २ गते पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन भयो। केशरमहलमा कार्यालय पनि खुल्यो। यसको दायरा सानो छैन— पूर्व प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश देखि सेनाका पूर्व प्रमुख र राजदूतसम्मको सम्पत्ति अब स्क्यानरमा छ। वायुसेवा र आयल निगम जस्ता राज्यकोष चलाउने संस्थानका हाकिमहरू पनि यो सुचीबाट उम्किन पाउने छैनन्। तर, अचम्मको कुरा— बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको सम्पत्ति भने छानबिन नहुने कार्यदेश छ।

आयोग त बन्यो, तर हालत कस्तो छ भने— दुईवटा कोठा, दुई जना कर्मचारी! न पर्याप्त स्रोत साधन छ, न त काम गर्ने स्पष्ट कार्यविधि। ५०औं हजार व्यक्तिको फाइल पल्टाउनुपर्ने आयोग आफैँ अहिले ‘कहाँबाट काम सुरु गर्ने’ भन्ने अलमलमा छ। वैशाख १४ गते राजपत्रमा सूचना निकाल्ने भनिएको थियो, तर जनशक्ति अभावले त्यो मिति पनि टरेर गयो।

स्रोतका अनुसार यही तालले त सबैको छानबिन गर्न ५ वर्षमा पनि सकिँदैन। यस्तोमा प्रश्न उठ्छ— के सरकारले यो आयोगलाई सुशासनको ’कोशेढुङ्गा’ बनाउन खोजेको हो कि केवल विरोधीलाई तह लगाउने ’हतियार’? जनता बालेन सरकारको एक्सन पर्खिरहेका छन्, तर आयोगको सुस्त चालले आशंका जन्माएको छ। तपाईँलाई के लाग्छ? के यो आयोगले भ्रष्टहरूलाई जेल पु¥याउला?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता