प्रहरीमाथि आक्रोश पोखेको भिडियो सार्वजनिक भएपछि सांसद राई विवादमा

काठमाडौँ,२२ वैशाख। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई विवादमा तानिनु भएको छ। सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको समयमा ड्युटीमा खटिएका प्रहरीसँग आक्रोशपूर्ण व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उहाँको चौतर्फी आलोचना सुरु भएको हो।

घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूसँग सांसद राई आक्रामक शैलीमा प्रस्तुत भएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक जिम्मेवार जनप्रतिनिधिले संकटको समयमा संयम र परिपक्वता देखाउनुको सट्टा सुरक्षाकर्मीको मनोबल गिराउने काम गरेको भन्दै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी गृहजिल्ला खोटाङका नागरिकहरूले उहाँको यो आचरणलाई ’अमर्यादित’ भनी टिप्पणी गरेका छन्।

नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दिलीप खत्रीले सार्वजनिक पदमा रहेका व्यक्तिले आचरणको ख्याल गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयोः

“कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रोश पोख्नु जनप्रतिनिधिको गरिमा सुहाउँदो विषय होइन। उहाँहरूबाट समाजले संयमित र जिम्मेवार व्यवहारको अपेक्षा गर्दछ।“
यता, श्रम संस्कृति पार्टीले भने उक्त घटनालाई अतिरञ्जित गरिएको दाबी गरेको छ। पार्टीकी खोटाङ उपाध्यक्ष संगीता किराँती राईले बाहिर आए जस्तो वास्तविकता नभएको र घटनालाई बढाइचढाइ गरी प्रस्तुत गरिएको बताउनुभयो।

विवादबारे स्पष्टीकरण दिँदै सांसद आरेन राईले आफूले कसैलाई दुव्र्यवहार नगरेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयोः
“म दिक्तेलबाट काठमाडौँ जाने क्रममा प्रहरीले असहज व्यवहार गरेपछि सामान्य सम्झाइबुझाइ मात्र गरेको हुँ। परिस्थितिलाई स्पष्ट पार्ने मेरो प्रयासलाई गलत ढङ्गले प्रचार गरियो।“

यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण र सुरक्षाकर्मीप्रतिको दृष्टिकोणबारे नयाँ बहस छेडिदिएको छ। रोशी खोला जस्तो संवेदनशील र प्राकृतिक विपत्तिले थलिएको स्थानमा समन्वयकारी भूमिका खेल्नुको सट्टा विवादमा उत्रिनुले जनविश्वासमा चोट पुग्ने नागरिकहरूको तर्क छ।

सामाजिक सञ्जालमा केहीले यसलाई ’शक्ति प्रदर्शन’को संज्ञा दिएका छन् भने केहीले घटनाको पूर्ण भिडियो र सन्दर्भ नबुझी आलोचना गर्न नहुने धारणा राखेका छन्। जे भए पनि, यो प्रकरणले जनप्रतिनिधिको ’सार्वजनिक व्यवहार’ पुनः एकपटक कसीको घेरामा परेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता