दमकका गोकुल फेरि केन्द्र्मा

उद्योगी व्यवसायीहरूले श्रेष्ठबाट अब उद्योग र व्यवसायको पक्षमा थप सशक्त आवाज उठ्ने अपेक्षा गरेका छन्।

दमक, २३ बैशाख | दमकका उद्योगी व्यवसायीका लागि उत्साहजनक खबर आएको छ।

दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा निर्वाचनमा जिल्ला–नगरतर्फ केन्द्रीय कार्यकारिणी सदस्य (खुला) पदमा पुनः निर्वाचित हुनुभएको छ। यो उहाँको केन्द्रीय सदस्यमा दोस्रो कार्यकाल हो। यसअघि पनि उहाँले जित निकाल्दै केन्द्रमा प्रतिनिधित्व गर्नुभएको थियो।

 

नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय तहमा लगातार दोस्रो पटक प्रतिनिधित्व पाउनु दमक का उद्योगी तथा व्यवसायीका लागि गर्वको विषय बनेको छ।

स्थानीय व्यवसायीहरूले अब आफ्नै क्षेत्रबाट केन्द्रीय नेतृत्व प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्।

उद्योगी व्यवसायीहरूले श्रेष्ठबाट अब उद्योग र व्यवसायको पक्षमा थप सशक्त आवाज उठ्ने अपेक्षा गरेका छन्।

स्थानीय तहदेखि केन्द्रसम्म उद्योग–व्यवसायको हितका मुद्दा बलियो रूपमा उठ्ने विश्वास समेत व्यक्त गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही