बुढीगंगा नगरपालिकाले पायो नयाँ प्रशासकीय अधिकृत

बाजुरा,२३ वैशाख । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ । नगर प्रमुख राम बहादुर बानियाँले पालिकाको प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको भन्दै नगर मंगलबार मन्त्रालयमै पुगेर तत्काल व्यवस्थापनका लागि आग्रह समेत गर्नु भएको छ । साथै, उहाँले तत्काल अधिकृत नपठाए मन्त्रालयको गेटमै अनसन बस्ने चेतावनी समेत दिनु भएका थियो ।

 

उहाँको गुनासोको सुनुवाइ गर्दै मन्त्रालयको मंगलबारको निर्णय अनुसार भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाएको हो । यता महिनौँसम्म अधिकृत विहीन नगरपालिकाबाट सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । महिनौँसम्म नगरपालिकामा प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा समस्या भइरहेको नगरपालिकाले जनाएको छ ।

 

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । खटाएका ऐडी एक साता नबित्दै नगरपालिकाबाट फिर्ता भएका थिए ।त्यसपछि उहाँ फर्किनु भयो ।करिब पाँच महिनाको अवधिसम्म पालिकामा प्रशासकीय अधिकृत नहुँदा हरेक कामकाजमा समस्या भइरहेको नगर प्रमुख राम बहादुर बानियाँले बताउनु भयो । मन्त्रालयले निर्णय गरेर प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अब पालिकाको प्रशासनिक कामकाजका साथै अन्य दैनिक कामकाजमा समेत सहज पुग्ने अपेक्षा लगिएको जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता