लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा सडक अतिक्रमण हटाउने अभियान तीव्र

बुटवल,२३ वैशाख । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। नगरपालिकाले बुधबार फुटपाथ खाली गराउन डोजर प्रयोग गरेको जनाएको छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको यस क्षेत्रमा पैदलयात्रीलाई सहज आवागमन गराउने उद्देश्यले सडक किनारमा बनाइएका फुटपाथमा गरिएको अतिक्रमण हटाइएको कार्यवाहक नगरप्रमुखले जानकारी दिनु भयाे ।

उहाका अनुसार पछिल्लो समय सडक छेउमा अनधिकृत रूपमा पसल, ठेला तथा अस्थायी संरचना राखेर फुटपाथ अतिक्रमण गर्ने क्रम बढेको थियो। नगरपालिकाले यसअघि नै अतिक्रमण हटाउन सूचना जारी गरेको र तोकिएको समयसीमा सकिएपछि डोजर प्रयोग गर्न बाध्य भएको बताइएको छ।

नगरपालिकाले पाँच दिनभित्र मुख्य सडक क्षेत्रका फुटपाथ पूर्ण रूपमा खाली गराउने तथा अन्य स्थानमा व्यवस्थापनको काम गरिरहेको जनाएको छ।

कार्यवाहक नगरप्रमुख हरिजनले अब लुम्बिनी पुग्ने पैदलयात्री तथा पर्यटकलाई आवागमनमा सहजता हुने अपेक्षा व्यक्त गर्नु भयाे ।

अभियानमा नगरप्रहरी, प्राविधिक टोली तथा स्थानीय प्रशासनको सक्रिय सहभागिता रहेको छ। नगरपालिकाले सार्वजनिक स्थलको संरक्षण र व्यवस्थापनका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको