सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको चिन्ता

काठमाडौं,२३ वैशाख । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नु भएको छ। माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताउनु भएको छ । उहाँले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राख्नु भयो।

उहाँले भन्नु भयो, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् । जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनका लागि सहयोग गरेका हुन् । नेपालको इतिहासमा दुईवटा अभिसाप छ । नेपाल या त अस्थिरता, लोकतन्त्रका नाममा अस्थिरता र स्थिरताका नाममा लोकतन्त्र माथिको आक्रमण । हामी सधैं यसबाट गुज्रिएर आइरहेका छौं । प्रजातन्त्र र लोकतन्त्रको नाममा हामी अस्थिरता पनि बेहोर्दै आइरहेका छौं । स्थिरताको नाममा निरकुंशता पनि बेहोर्दै आइरहेका छौं ।’

भुसालले मुलुकको आकांक्षा लोकतान्त्रिक स्थिरता सहित समृद्धि भएको बताउँदै विगतमा बनेका बहुमतका सरकारहरू अपेक्षाअनुसार सफल हुन नसकेको टिप्पणी गर्नु भएको छ । उहाँले वर्तमान सरकार सफल होस् भन्ने जनचाहना रहेको उल्लेख गर्दै सरकार बनेको छोटो समयमै भएका गतिविधिले नागरिकलाई चिन्तित बनाएको बताउनु भएको छ ।
उहाँले भन्नु भयोे, ‘नेपाल राष्ट्रको आकांक्षा भनेको लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धि खोजेको छ । एकपछि अर्को सरकार आएका छन् र बहुमतका बलिया सरकार पनि आएका छन् । हामीले ती सरकारहरु बेहोरेका छौं, ती सरकारहरुले सफलताका साथ काम गरेनन् र तीनिहरु गएँ ।

बालेन सरकार नेपाली जनताले चाहेजस्तै सफल होस् लोकतान्त्रिक स्थिरताका साथ । तर दुर्भाग्य के छ भने यो सरकारको पूरा मूल्यांकन गर्न सक्ने बेला भएको छैन । सरकार बनेको डेढ महिना नै नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ। जब नागरिक सरकारसँग डराउँछन् तब त्यसको परिणाम राम्रो हुँदैन । यो सरकारले आफ्ना कमजोरिहरु सुधारोस् भन्नका लागि पनि हामीले ध्यानाकर्षण गराएका हौं । यो सरकारले सुकुम्बासी बस्तीमाथि जुन व्यवहार गर्यो यो ठूलो अत्याचार हो ।’
सुकुम्बासी बस्तीमा गरिएको कारबाहीलाई उनले ठूलो अत्याचारको संज्ञा दिँदै सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले