तनाव कम गर्न ट्रम्पको कदम

स्टिभ विटकफ र कुशनरद्वारा इरानसँग कूटनीतिक पहल तीव्र

काठमाडौं,२४ वैशाख। अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ ।

 

उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् । पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ ।

 

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एक्ओइसले जनाएअनुसार यो प्रगति द्वन्द्व सुरु भएयताकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ । यद्यपि अन्तिम सहमति भने अझै भइसकेको छैन । प्रस्तावित समझदारीपत्र १४ बुँदे प्रारम्भिक दस्तावेजका रूपमा रहेको र यसले तत्काल युद्धविराम लागू गर्दै ३० दिने वार्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको बताइएको छ । त्यस अवधिमा व्यापक समझदारीका विषयमा छलफल हुने जनाइएको छ ।

 

सम्झौताअन्तर्गत इरानले अल्पकालीन रूपमा युरेनियम संवद्र्धन गतिविधिमा रोक लगाउनेछ भने त्यसको बदलामा अमेरिकाले केही प्रतिबन्ध हटाउने र इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रिया अघि बढाउनेछ । साथै दुवै देशले होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य तनाव कम गर्ने दिशामा पनि काम गर्ने जनाइएको छ । रिपोर्टमा धेरै प्रावधानहरू आगामी वार्ताको नतिजामा निर्भर रहने उल्लेख गर्दै प्रक्रिया अझै जोखिमपूर्ण रहेको बताइएको छ । असफलता भए पुनः सैन्य द्वन्द्व चर्किन सक्ने वा लामो समय अनिश्चितता कायम रहन सक्ने चेतावनी पनि दिइएको छ ।

 

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै होर्मुज क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय पनि यही कूटनीतिक प्रगतिपछि लिएका हुन् । वार्ताको नेतृत्व अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरले गरिरहेका छन् । उनीहरूले तेहरानसँग प्रत्यक्ष तथा तेस्रो पक्षमार्फत संवाद जारी राखेको जनाइएको छ । यदि समझदारी औपचारिक रूपमा लागू भएमा यसले युद्ध अन्त्यको औपचारिक घोषणा गर्दै आगामी प्राविधिक वार्ताहरू जेनेभा वा अन्य तटस्थ स्थानमा सार्ने मार्ग प्रशस्त गर्ने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता