नागरिकताको निरन्तरता र कानुनी स्पष्टताका लागि एनआरएनएको माग

काठमाडौं,२४ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले एनआरएनएको विधान संशोधन तथा नेपाली नागरिकता सम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउनु भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बज्राचार्यले नयाँ सरकार गठनसँगै एनआरएनए उत्साहित बनेको उल्लेख गर्दै नेपाल सरकारसँग साझेदारीमा काम गरेर नेपाली नागरिक र देशलाई सहयोग गर्ने उद्देश्यले संघ स्थापना भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नयाँ सरकार आउँदा देखि नै धेरै उत्साहित भएका थियौं । नेपाल सरकारसँग पार्टनरशिपमा काम गरेर हामीले नेपाल सरकारलाई केही न केही रुपमा नेपाली र नेपालीलाई सहयोग गर्न सक्छौं भन्ने प्रमुख उद्देश्यका साथ एनआरएनएको स्थापना भएको थियो ।’

उहाँले एनआरएनएले बाढी, भूकम्प लगायत विपद्का समयमा विदेशमा रहेका नेपालीहरूले आफ्नो मेहनतले कमाएको रकमबाट निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नु भयो। ‘हामी विदेशमा बस्ने नेपाली भए पनि नेपाली नागरिकताले निरन्तरता पाओस् भन्ने चाहना हो,’ उहाँले भन्नु भयो।

उपाध्यक्ष बज्राचार्यले गैरआवासीय नेपालीका लागि बनाइएको कानुनी व्यवस्था प्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले एनआरएनएका लागि एउटा मात्र घर राख्नुपर्ने व्यवस्था गरिएको भन्दै आफूहरूलाई हेपिएको जस्तो अनुभूति भएको बताउनु भयो ।

उहाँले राजनीतिक अधिकार बाहेक नेपाली नागरिक सरह अन्य सबै अधिकार सुनिश्चित हुने व्यवस्था ऐनमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने माग गर्नु भयो। ‘पहिलाको सरकारले पनि ऐन बनाउँदा हामीलाई घुमाएको थियो,’उहाँले भन्नु भयोे, ‘अहिले नयाँ सरकारले मस्यौंदा ल्याइसकेको छ । एनआरएनए पनि नेपालप्रति बफादार हुनुपर्छ र कर तिर्नुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता