बरियारपट्टी छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै स्थानीयवासी सडकमा

सिरहा,२४ वैशाख । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ ।

 

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८ः३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएपछि पूर्व–पश्चिमतर्फ चल्ने सवारी साधन लामो समयसम्म रोकिएका थिए ।प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

स्थानीय व्यापारीहरूका अनुसार भन्सार कार्यालय बन्द हुँदा व्यापार, राजस्व संकलन तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले आन्दोलनकारीसँग छलफल तथा समन्वय भइरहेको जानकारी दिनु भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक समेत घटनास्थलमा पुग्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता