बीपी राजमार्ग पुनः बन्द

रोशी खोलामा बाढीको जोखिमले सवारी आवागमन ठप्प

रामेछाप,२४ वैशाख। आज (विहीबार) बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ । विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो । प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ ।

 

यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । तीन दिन देिख बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण पछि यातायात सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण राजमार्ग बन्द गरिएको हो । रोशी खोलामा सामान्य बाढी आउँदा समेत डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ । अस्थायी रूपमा बनाइएको सडक खोलाको बहावमै रहेकाले सानो बाढी आउने बित्तिकै सडक बन्द हुने गर्दछ ।

 

प्रहरीले मौसमको अवस्था र खोलामा आउन सक्ने बाढीलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ । स्थिति सामान्य भएपछि अर्को सूचना जारी गरेर पुनः यातायात सञ्चालनको जानकारी गराइने जिल्ला प्रहरी कार्यालय काभ्रेले उल्लेख गरेको छ । बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। दैनिक सयौँ सार्वजनिक तथा निजी सवारी सञ्चालन हुने यस सडकमा बाढी, पहिरो र कटानका कारण समस्या उत्पन्न हुँदै आएको छ । विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्डमध्ये एक मानिन्छ । गत साल बगाएको सो सडक मर्मतको काम नसकिँदा समस्या भएको हो ।

राजमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। लामो दूरीका सार्वजनिक यातायात, मालवाहक सवारी तथा निजी गाडीहरू काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोकामा रोकिएका छन् ।

प्रहरीले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ। थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता