शुभश्री जगदम्बा सिमेन्टको आम्दानीमा उल्लेख्य सुधार

वीरगञ्ज,२४ वैशाख । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ । सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले पर्साको वीरगञ्ज–३२, चोर्नीस्थित प्लान्टमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२४ मा सञ्चालन आम्दानी १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा यो बढेर तीन अर्ब ६० करोड रुपंैयाँ पुगेको छ । यसले एक वर्षमै आम्दानी लगभग दोब्बर भएको देखाउँछ । सञ्चालन नाफा पनि ३.१ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ । साथै, ऋण र नेट वर्थ अनुपात १.३ बाट घटेर ०.५ मा झरेकोले कम्पनीको वित्तीय संरचना बलियो भएको संकेत गर्छ ।

त्यस्तै, ब्याज कभरेज अनुपात ०.५ बाट २.७ मा पुगेको छ, जसले कम्पनीले आफ्नो ऋणको ब्याज तिर्ने क्षमता उल्लेखनीय रूपमा सुधार गरेको देखाउँछ । प्रतिबेदन अनुसार यस कम्पनीको दैनिक ग्राइन्डिङ क्षमता करिब २,४०० मेट्रिक टन रहेको छ । यसले ओपिसी, पिपिसी÷पिएससी गरी तीन प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा कम्पनीले १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ, जसले चालू वर्षमा पनि सुधारको गति कायम रहने अपेक्षा गरिएको छ । कम्पनीको मुख्य चुनौती भने तरलता रहेको छ । कार्यशील पूँजीको आवश्यकता उच्च रहेको र ऋणको अवधि बढ्दा नगद प्रवाहमा दबाब परेको देखिएको छ । आर्थिक वर्ष २०२६ को मध्यसम्म कार्यशील पूँजी अनुपात करिब ५२ प्रतिशत पुगेको छ, जसका कारण बैंकबाट लिइने क्रियाशील पूँजी ऋण बढेको छ ।

त्यसैबीच, कम्पनीले अल्पकालीन आवश्यकताका लागि सञ्चालक तथा समूहभित्रका कम्पनीबाट ऋण लिनुपरेको अवस्था पनि देखिएको छ । यसले पूँजी संरचनामा दबाब सिर्जना गर्दै कुल ऋण अनुपात १०.९ गुणासम्म पुगेको छ । कम्पनीको ब्याज तिर्ने क्षमता आर्थिक वर्ष २०२५ मा २.७ गुणा र चालू वर्षको पहिलो छ महिनामा २.४ गुणा रहेको छ, जसले मध्यम स्तरको ऋण वहन क्षमता देखाउँछ ।

नेपालको सिमेन्ट उद्योगमा उच्च प्रतिस्पर्धा, माग–आपूर्ति असन्तुलन तथा आर्थिक चक्रको प्रभावले कम्पनीको भविष्यमा जोखिम कायम रहेको प्रतिवेदनमा उल्लेख छ । कच्चा पदार्थको मूल्य वृद्धि वा सिमेन्टको मूल्य घट्दा नाफामा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता