घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ । उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु भएको छ। मन्त्री यादवले घरेलु कामदारका रूपमा विदेश जान श्रम स्वीकृति बन्द गर्ने विषय प्रतिनिधिसभाबाट समितिमा आएको जानकारी दिँदै अध्ययनका क्रममा अधिकांश महिला श्रमिक कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताउनु भयो । उहाँका अनुसार महिला कामदारहरू भारत लगायत अन्य देश हुँदै भिजिट भिसा प्रयोग गरेर घरेलु कामदारका रूपमा विदेश जाने गर्नु भएको छ ।

 

उहाँले श्रम स्वीकृति नलिई विदेश गएका कारण ती कामदार सरकारको अभिलेखमा नरहने र समस्या पर्दा समेत सम्बन्धित निकायले सहयोग गर्न कठिन हुने बताउनु भयो। उहाँले भन्नु भयो, ‘घरेलु कामदारमा जाने श्रम स्वीकृति बन्द गर्ने कुरा प्रतिनिधिसभाबाट समितिमा आएको रहेछ । यसमा अध्यन गर्दा महिला कामदारहरु श्रम स्वीकृति लिएर जान पाएको आवस्था छैन । उहाँहरु कानुन विपरित भारत हुँदै, अरु देश हुँदै भिजिट भिसा प्रयोग गर्दै घरेलु कामदारको रुपमा गएको देखिन्छ । त्यहाँ गैइसकेपछि सरकारको रेर्कडमा देखिँदैन ।

 

महिला कामदारहरु बाहिर देशमा गैइसकेपछाडि केही समस्या पर्यो भने उहाँहरुले राजदूतावासमा समेत फोन गर्न सक्दैनन् । किनकी उहाँहरुले श्रम स्वीकृति नलिइ गएको अवस्थामा । यस्तो अवस्थामा राज्यले पनि सहयोग गर्न सकेको छैन । डाटा छैन, कसले पठायो ? कसरी गयो केही पनि छैन ।’ मन्त्री यादवले ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा यस्तो अवस्था देखिनु दुःखद भएको उल्लेख गर्दै समस्याको समाधानका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिनु भयो ।

उहाँले घरेलु कामदारको क्षेत्र संवेदनशील र जोखिमपूर्ण भएकाले समस्या पर्दा कामदारलाई ट्र्याक गर्नसमेत कठिन हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘५१ प्रतिशत महिला भएको हाम्रो देशमा यस्तो अवस्था देख्दा दुखित छु । यसको समस्यालाई समाधान गर्नको लागि रिर्सच पनि गर्दैछु । तर यो एकदमै रिस्की पनि छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा

घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना

नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं,२४ वैशाख । नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक

शुभश्री जगदम्बा सिमेन्टको आम्दानीमा उल्लेख्य सुधार

वीरगञ्ज,२४ वैशाख । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा

सडक विस्तारमा विभेद भएको भन्दै वीरगन्जवासी आन्दोलित

वीरगन्ज,२४ वैशाख । वीरगन्जमा भइरहेको सडक विस्तारको विरोधमा विहीबार स्थानीयले प्रदर्शन गरेका छन् । सहरको मध्यभाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५–२५ मिटर सडक विस्तारको