सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा सहज होस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले बुधबार राजीनामा बुझाएका हुन्।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा रिक्तता
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार नै आफ्नो राजीनामापत्र बुझाएको पुष्टि गर्नु भएको छ। सरकारलाई सहयोग पु¥याउने हेतुले आफूसहित अन्य सञ्चालकहरूले पनि राजीनामा दिएको उहाँले जानकारी दिनु भयो।

यस्तै, कृषि विकास बैंकका अध्यक्ष डिम प्रसाद पौडेल र अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने अन्य सञ्चालकहरूले पनि राजीनामा दिनु भएको छ्। बैंकका कम्पनी सचिव हिमलाल पौडेलका अनुसार अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा रहेका सदस्यहरूले बुधबार नै पद त्याग गर्नु भएको छ्।

अर्थ मन्त्रालयको ’ग्रिन सिग्नल’ र राजीनामाको कारण

यसअघि सरकारले अध्यादेशमार्फत १५९४ जनालाई पदमुक्त गरे पनि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको हकमा उक्त निर्णय आकर्षित भएको थिएन। तर, अर्थ मन्त्रालयले बैंकका पदाधिकारीहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सन्देश पठाएपछि उनीहरूले पद छाडेका हुन्।

नेपाल बैंकका सञ्चालकहरूको प्रतिवद्धता
नेपाल बैंक लिमिटेडका सरकारी सञ्चालकहरूले हालसम्म औपचारिक रूपमा राजीनामा नबुझाए पनि उनीहरूले छिट्टै पद छाड्ने प्रतिवद्धता जनाइसकेका छन्। सम्भवतः केही दिनभित्रै त्यहाँ पनि नयाँ नियुक्तिको प्रक्रिया सुरु हुनेछ।

कुन सञ्चालक पदमै रहन्छन्?
राजीनामा सरकारी कोटाबाट नियुक्त भएका सञ्चालकहरूले मात्र दिएका हुन्। साधारण सेयर जारी गरेका यी बैंकहरूमा सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित भएका सञ्चालक र स्वतन्त्र सञ्चालकहरू भने यथावत रहनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता