सर्लाहीमा गरगहना चोरी गन ३ बालक सहित ५ जना पक्राउ

सर्लाही,२५ वैशाख । सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा तीन बालकल सहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे राजीव शर्माको घरबाट विभिन्न सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

 

घटनास्थलको सूक्ष्म अनुसन्धान तथा विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न रहेको आशंकामा तीन बालकको पहिचान भएपछि प्रहरीले उनीहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका बालकहरू १४, १५ र ११ वर्षका रहेका छन् । यसैगरी, घटनामा संलग्न रहेको आरोपमा अन्य ३५ र ४० बर्षिया दुई महिलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीले पक्राउ परेकाहरूको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न सामान बरामद गरेको छ । बरामद सामग्रीमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया, घडी, लेडिज पर्स, मोबाइल, चेक बुकलगायत रहेका छन् । पक्राउ परेका विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा सर्लाही जिल्ला अदालत मलंगवाबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा