अस्पताल भवन नबन्दा खाँडादेवीका नागरिकलाई सास्ती

रामेछाप,२५ वैशाख । खाँडादेवी गाउँपालिकामा चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने पाँच शैय्याको पालिकास्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ । खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । अस्पताल भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने भनिएको भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण अस्पताल भवन अलपत्र अवस्थामा रहेको छ ।

भवनको सबै काम पूरा गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्न योजना राखिएकोमा भवन निर्माण कार्य पहिलो तल्लामा अड्किएको छ । पहिलो तल्लाको भवमा समेत पाँच वर्षसम्म फिनिसिङको काम सकिएको छैन । अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले बारम्बार रकम छुट्याएको भए पनि काम सम्पन्न नहुँदा स्थानीयको सुविधा सम्पन्न भवनबाट सेवा लिने चाहन पुरा हुन सकेको छैन । अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ ।

सो स्वास्थ्य चौकीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुविधा सम्पन्न अस्पताल बनाउन लागेको भए पनि अस्पताल कहिलेबाट सञ्चालन हुने हो कुनै ठेगान छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा