रास्वपाद्वारा ’राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना हुने

काठमाडौं,२५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीको ‘पार्टी संसद–सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।

पार्टीको ‘पार्टी(सांसद(सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा दिउँसो ३ देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जानकारी दिनु भयो ।
कार्यक्रमलाई अर्थपूर्ण रुपमा सम्पन्न गर्न पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिलाई सहभागी हुन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी सरकारलाई राष्ट्रिय अपाङ्ग महासंघको ३७ बुँदे ज्ञापनपत्र

विराटनगर,२५ वैशाख।राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३÷०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री

दमकमा ‘दमक गोल्ड कप’ छोडेर किन गराइरहिएको छ ‘खेलकुद महोत्सव’?

दमक, दमक गोल्ड कप । यसले दमकलाई बेग्लै पहिचान दिएको थियो । देशभरबाट यसको चर्चा हुने गरेको थियो । खेलाडीहरु उत्साहीत हुन्थे । खेलप्रेमीहरु देशभरबाट यहाँ

नेपाली कम्युनिस्ट पार्टी भित्रको संगठनात्मक संकट र नेतृत्व हस्तान्तरणको दबाब

काठमान्डौं,२५ वैशाख। नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपनि चुनावअघि २२ भन्दा बढी दल मिलेर बनेको नेकपाको संगठन भने  यति बेला

के उपसभामुखले हर्क साम्पाङलाई धोका दिएकै हो त? वास्तविकता के छ!

काठमाडौँ,२५ वैशाख । प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रकरणले यतिबेला राजनीति र न्यायलयको वृत्तमा ठूलो हलचल ल्याएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज

सरकारको निर्णयविरुद्ध सुर्खेतमा सुकुम्बासी सडकमा

सुर्खेत,२५ वैशाख । कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा

नातिकाजीको १०१ औँ जन्मजयन्ती : राष्ट्रपतिद्वारा संगीतकर्मीहरू सम्मानित

काठमाडौँ,२५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता