सिन्धुपाल्चोकका स्थानीयलाई खुशीको खबर

काठमाडौं,२५ वैशाख । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर सेयरमा समेट्ने भएको छ ।

 

आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिनु भयो ।

 

आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयर वापतको रकम संकलन गर्न लगाउने भएका कारण पनि प्रभावितहरुलाई धेरै फाईदा पुग्नु छ । बाह्रबिसे नगरपालिकाको वडा नम्वर ३,४,५,८ र ९ र त्रिपुरासुन्दरीको ३ नम्वर वडा प्रत्यक्ष प्रभावितमा पर्दछ । यहाँका स्थानीय ७० प्रतिशत काम सम्पन्न भएपछि प्रमोट शेयर वापतको रकम जम्मा गर्न पाउने छन् ।

 

आयोजना सञ्चालनमा आएपछि स्थानीय जनता लाभांशकर्ता (डिभिडेन्ड)को रूपमा पनि लाभान्वित हुनेछन् । तर, स्थानीय भन्दा अन्यत्रका मानिसहरुले आयोजनाका बारेमा नकारात्मक कुरा बाहिर ल्याएको भन्दै आयोजनाले दुःख व्यक्त गरेको छ । जसका कारण स्थानीय प्रत्यक्ष प्रभाबितहरुलाई मर्का पर्न सक्नेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही