दमकमा ‘दमक गोल्ड कप’ छोडेर किन गराइरहिएको छ ‘खेलकुद महोत्सव’?

दमक, दमक गोल्ड कप । यसले दमकलाई बेग्लै पहिचान दिएको थियो । देशभरबाट यसको चर्चा हुने गरेको थियो । खेलाडीहरु उत्साहीत हुन्थे । खेलप्रेमीहरु देशभरबाट यहाँ खेल हेर्ने आउथे । तर बिगत केहि वर्ष यता देखी भने दमकमा गोल्ड कप हुदैन । तर दमक गोल्ड कप नभएपनि खेलकुदका गतिविधी हुदै हुदैनन भन्ने चाहि होईन । यहाँ हरेक वर्ष गोल्ड कप हुने सिजनमा हुने गरेको छ दमक खेलकुद महोत्सव ,

यसै सन्दर्भमा दमक नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्यो । बिभिन्न ९ वटा बिधामा समय समयमा हुने खेल तालीका पनि सार्वजनिक गर्यो ।

पत्रकार सम्मेलनमा दमक नगर खेलकुद विकास समितीका अध्यक्ष भीम चौलागाईले फूटवल गत बैशाख २१ गते देखीनै सुरु भएको छ र बाँकी खेल हुने तालीकाका बारेमा जानकारी गराउनु भयो । उहाँले २८ गते चाहि महोत्सवको औपचारीक उद्धघाटन गरीने बारेमा पनि जानकारी गराउनु भयो ।

बाईट, भीम चम्लागाई, खेलकुद समिती अध्यक्ष, दमक नगरपालिका

उसो त दमकमा दमक गोल्ड कप चाहि किन नगराएको भनेर पत्रकार सम्मेलनमा प्रश्न पनि उठ्यो । यसबारेमा दमक नगरपालिकाका  प्रमुख राम कुमार थापाले दमक गोल्ड कप धेरै खर्चिलो तर उपलब्धी भने न्यून मात्रै हुने भएकोले गोल्ड कप नगरको जानकारी गराउनु भयो ।

उसो त गोल्ड कपलाई कटाएर दमक खेलकुद महोत्सव गर्ने योजना पनि मेयर थापाकै रहेकोले खेलकुद महोत्सवले के फाईदा दिइरहेको छ भन्ने जीज्ञासा पनि सो अवसरमा उत्पन्न भयो । यो जीज्ञासालाई समेत मेट्दै नगर प्रमुख थापाले भन्नु भयो अहिले कम्तिमा सबै खेलका स्थानीय खेलाडीले खेल्न पाएका छन् । आफ्नो खेल अनुसारको टिम बनेको छ । अव हरेक खेलकको नगर स्तरको एउटा बेग्लै टिम हुने छ । यो दमक नगरको बेग्लै पहिचान हुने छ । हामी त्यसलाई व्यवस्थित गर्दै स्थापीत गराउने छौ । उहाँले बताउनु भयो ।

यो पटकको खेलकुद महोत्सवमा भलिबल, फूटल, कृकेट, व्याडमिण्टन , चेस, एथ्लेटिक्स, कराते, आई टि एफ तेक्वान्दो,  डब्लु टि एफ तेक्वान्दो गरी नौ वटा विधामा प्रतियोगीता हुने छ । हरेक प्रतियोगीताका बिजेता, उप बिजेताहरुलाई छुटछुट्नै नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने समेत जनाइएको छ । महोत्सवजको उद्धघाटन २८ गतेका दिन दमक नगरपालिकाको भवनबाट पञ्चेवाजा सहित दमक ७ नमुना बस्ति छेउमा रहेको दमक नमुना व्याडमीण्टन एकेडेमीमा भव्य तरिकाले गर्ने तयारी गरीएको छ भने यसको समापन दमक १० मा रहेको आम्बारी खेल मैदानमा पुरस्कार बितरण सहित गर्ने बताइएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।