अनुसन्धान जारी

रौतहटमा खेलौना पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने युवक पक्राउ

रौतहट,२५ वैशाख । रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, वैशाख २३ गते राती करिब ९ः३० बजे गौर नगरपालिका वडा नं. ५ स्थित बि.पि. चोकमा सडकमा हिँड्डुल गरिरहेका व्यक्तिहरूलाई पेस्तोल देखाई पैसा लुट्न खोज्ने परोहा नगरपालिका वडा नं. ४ निवासी २० वर्षीय शेख जवेरलाई पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरेका निज जवेरले हातमा बोकेको वस्तु वास्तविक पेस्तोल नभई खेलौना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले सोही खेलौना पेस्तोल देखाई बाटो हिँड्ने मानिसहरूलाई डर र त्रास देखाइरहेको सूचना पाएलगत्तै प्रहरी टोली खटिएर उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका जवेरमाथि थप अनुसन्धान कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले यस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा