धरानको होटलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ, दुईवटा मोटरसाइकल बरामद

सुनसरी, २६ वैशाख । सुनसरीको धरानस्थित एक होटलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) बाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमाः सन्देश तामाङ (२० वर्ष): मेलम्ची नगरपालिका–४, सिन्धुपाल्चोक (हालः गोकर्णेश्वर–६, काठमाडौँ)
समिर दियाली (२२ वर्ष): काभ्रेपलान्चोक नगरपालिका–३, काभ्रे (हालः कागेश्वरी मनोहरा–६, काठमाडौँ)
क्षितिज भण्डारी (२८ वर्ष): बिर्तामोड नगरपालिका–६, झापा

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–९, बगैँचालाइन स्थित रत्न इन होटलको कोठा नम्बर ७ मा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा मारिएको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेका व्यक्तिहरूले लागुऔषध ओसारपसार र कारोबारमा प्रयोग गरेका दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। बरामद गरिएका सवारी साधनहरूमाः
१. बागमती प्रदेश ०२–०२७ प ३२८१
२. बागमती प्रदेश ०२–०४३ प ४८८२ रहेका छन्।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता