सुकुम्बासी दमनविरुद्ध माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन

काठमाडौं,२६ वैशाख । श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । यो देश गरीबको पनि हो, सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमनविरुद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो । खबरदारीमा उनीहरुले यो देश गरिबको पनि हो, गाँस,वास, कपास हाम्रो अधिकार हो, भूमीहिन समस्या दीर्घकालिन रुपमा समाधन गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका हुन् ।

 

उक्त खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको आरोप लगाउनु भयो । उहाँले कालापानी र लिपुलेक क्षेत्रमा भइरहेको गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नुपरेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘सुकुम्बासीको घर भत्काइरहनु भएको छ । कालापानी, लिपुलेकमा अर्कोले बाटो बनाइरहेको छ । सरकारका लागि यो विषय कति लाजलाग्दो कुरा हो । नेपालको सीमा नाकामा गएर हेर्नुस्, सीमा सुरक्षामा रहेको हाम्रो नेपाल प्रहरीले कति समस्या खेप्नु परिरहेको छ । नेपालको जग्गा कब्जा भइरहेको छ । प्रधानमन्त्री आफ्नै देशका सुकुम्बासी मेटाइरहनु भएको छ। सुकुम्बासीलाई देशमै व्यवस्थापन गर्ने हो कि चीन, जर्मनी वा जापान पठाउने हो, सरकार आफैं अन्योलमा देखिएको छ ।’

 

उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै आफ्नो परिवारको नाममा रहेको जग्गाबारे स्पष्ट पार्न पनि आग्रह गर्नु भएको छ। उहाँले भन्नु भएको छ, ‘प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, म पनि तपाईंको जिल्लाकै छिमेकी हुँ । तपाईं आफैं भन्नुहोस्, नेपाली जनतालाई तपाईंको बाउको नाममा कति बिगाहा जमिन छ ? त्यसको लालपुर्जा छ कि छैन? सरकार तपाईंको, व्यवस्थापन तपाईंको, नेपालको जनता तपाईंको र नेपालको जमीन पनि तपाईंको जस्तो भएको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रासै त्रासमा झापा ५ का सुकुमबासी, पालिका सरकारले यो ढाढसले धान्न सक्ला ?

दमक,२६ वैशाख । बिहानको घाम नउदाउँदै अचेल झापा ५ को सुकुमबासी बस्तीमा हल्ला फैलिन्छ– “डोजर आउँछ रे।” यही एक वाक्यले सयौँ परिवारको निद्रा हराएको छ।

पहिलो पाईला नेपाल दमक शाखाको अध्यक्षमा पूःन राजु निरौला

दमक,२६ वैशाख । दमकमा सामाजिक संस्था पहिलो पाइला नेपाल, दमक शाखाको पाँचौँ शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले दोस्रो कार्यकालका लागि

ढोलको तालसँगै झ्याम्टाको घन्काइले उत्सवमय बन्यो दमक

दमक,२६ वैशाख।ढोलको तालसँगै झ्याम्टाको घन्काइ मिसिँदा दीपिनी आधारभूत विद्यालयको प्राङ्गण एकैछिनमा उत्सवमय बन्यो। रंगीन पहिरन र गहनामा सजिएका युवायुवतीको घेरामा सुरु भएको साकेला नृत्यले दमक–५

प्रधानमन्त्री बालेनको निर्णयको मुख्यमन्त्री यादवद्वारा प्रशंसा

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गर्नु भएको छ् । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक

‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’ ’लगायतका नारा

जनकपुर,२६ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी

साहित्यकार न्यूटन आचार्यको उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण

काठमाडौं,२६ वैशाख । साहित्यकार न्यूटन आचार्यबाट लिखित पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरिएको