प्रधानमन्त्री बालेनको निर्णयको मुख्यमन्त्री यादवद्वारा प्रशंसा

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गर्नु भएको छ् । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवमा बोल्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको प्रशंसा गर्नु भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रधानमन्त्री बालेनले क्रमभन्दा माथि उठेर सक्षमतालाई ध्यानमा राख्दै प्रधानन्यायाधीश सिफारिस गरेकामा मुख्यमन्त्री यादवले प्रशंसा गर्नु भएको हो। उहाँले प्रधानमन्त्री बालेनको निर्णय देशको लागि सौभाग्यपूर्ण साबित हुने उल्लेख गर्नु भयो। वर्षौदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशको लागि नयाँ आयाम थप्ने मुख्यमन्त्री यादवको भनाइ थियो ।

त्यस्तै, मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका हावी नहुनु पर्नेमा जोड दिनु भयो । उहाँले कानुनको कार्यान्वयनको बिचमा राजनीतिक हस्तक्षेप हुनुनपर्ने उल्लेख गर्नु भयो। यादवले उच्च अदालत जनकपुर अन्तर्गत रहेका मधेश प्रदेशका आठवटै जिल्लाका इजलाशहरुलाई निष्पक्ष रुपमा फैसला सुनाउन आग्रह गर्नु भएको छ । उहाँले अपराधीलाई कारवाही होस र बेकशुरलाई सजाय नहोस भन्नेमा दृढ रह्न न्यायाधीशहरुसँग आग्रह गर्नु भएको छ ।

कानुन दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीस, अदालतका कर्मचारीहरुको उपस्थितिमा जनकपुरधाममा न्यायिक महोत्सवको आयोजना गरिएको छ । आठवटा जिल्लाका १५०० भन्दा बढी अदालतमा काम गर्ने प्रत्यक्ष, अप्रत्यक्ष कर्मचारी, सर्वसाधारण, कानुन संकायका विद्यार्थीहरुको उपस्थिति छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता