हेटौँडा,२७ वैशाख । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताउनु भएको छ। नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उहाँले स्पष्ट पार्नु भएको छ ।
शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्याहरूलाई हल गर्ने, उनीहरूलाई विस्थापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उहाँले बताउनु भयो ।
सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरूको आफूले मूल्याङ्कन गर्दै खराब तथा नकारात्मक कामहरूलाई विशेष रूपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उहाँले दाबी गर्नु भएको छ ।
सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरूलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैँ आग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरूको पक्षमा नभए पनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उहाँले विश्वास दिलाएका छन् ।
सबै मानिसहरू बाँच्न पाउने मौलिक भएको बताउँदै उहाँले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकि मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ ।
त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौँ । मेचीदेखि महाकालीसम्म सबै जनताहरू एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबार विहीन बनाउन गरेको निरकुंश कदम विरुद्ध आवाज उठाउनुपर्ने उहाँले सबैलाई सुझाव दिएका छन् ।
उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैव रहने प्रतिबद्धता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेन्डा बनाएर कुरा राख्ने बताउनु भयो ।
नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उहाँले विश्वास दिलाउनु भयो । जनताको दुःखलाई आफूले सधैँभरि अंगालेर साथ, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।









