संविधान संशोधनको प्रक्रिया अहिले ’बहसपत्र’ तयार गर्ने चरणमा

काठमाडौं,२७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताउनु भएको छ । संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभई विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु रहेको स्पष्ट पार्नु भयो ।

 

उहाँले भन्नु भयो, ‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ । हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो ।’ उहाँले संविधान संशोधनका विषयमा संसदलाई छलेर काम भइरहेको भन्ने आशंका निराधार रहेको उल्लेख गर्दै बहसपत्र तयार भएपछि मात्र संसदमार्फत विस्तृत छलफल हुने बताउनु भयो।

 

उहाँका अनुसार कार्यदल नेपाल सरकारको तर्फबाट गठन गरिएको भएपनि यसमा सरकारको कुनै निश्चित ‘पोजिसन’ नभएको र सबै विषयमा खुला छलफल भइरहेको छ । आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र तथा सरकारको सयबुँदे कार्यसूचीमा संविधान संशोधनसँग सम्बन्धित विषय समेटिएको जानकारी दिनु भयो। उहाँले आफू पार्टीको प्रतिनिधिका रूपमा कार्यदलमा सहभागी भएको र विषयगत रूपमा छलफललाई नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउनु भयो ।

 

संघीयताको कार्यान्वयनका क्रममा मुख्य समस्या कानुन र संरचनाभन्दा पनि कार्यान्वयन पक्षमा रहेको उहाँको भनाइ थियो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि बनाइएका संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गर्दै उहाँले कार्यव्यवस्था प्रतिवेदनलाई कानुनी मान्यता दिएर अघि बढाउनुपर्ने धारणा राख्नु भयो।
संविधान संशोधनलाई एकैपटक ठूलो प्याकेजमा लैजानुभन्दा सहमति भएका विषयमा क्रमिक रूपमा संशोधन गर्दै जान सकिने उहाँले बताउनु भयो । संविधानलाई ‘जीवित दस्तावेज’ को रूपमा व्याख्या गर्दै समयअनुसार संशोधन आवश्यक पर्ने उहाँको धारणा थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता