सगरमाथाको खुम्बु आइसफलमा गाइड विजय घिमिरेको मृत्यु

काठमाडौं,२७ वैशाख । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को विचमा ३५ वर्षीय बिजय घिमिरे(कामी) मृत अवस्थामा भेटिएका हुन् । पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका हुन् । बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनको छाती तथा नाडी नचलेको र सुन्य पल्सको अवस्था रहेको पाइएको थियो ।

 

शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाईडहरुले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेका थिए । खबर पाएलगत्तै ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए । त्यपछि ट्याग नेपालबाट तत्काल हेलिकोप्टर उद्दारका लागि समन्वय गरी लुक्लाबाट अल्टिच्युट एयर प्रालिको हेलिकोप्टरमार्फत घिमिरेको उद्दार गरिएको थियो । घिमिरेको शरीरलाई लुक्ला पुर्याइएको विभागको फिल्ड अफिसले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आधार शिविरमा भारतीय झन्डाको विवाद

काठमाडौं,२७ वैशाख । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा

सुनझोडामा कनीरहेको छ मोटरेवल पुल, ८५ प्रतिशत निर्माणको काम सकियो, ज्यानकै जोखिम मोलेर खोला तर्न बाध्य नागरिकलाई सहज हुने

उर्लाबारी, २७ वैशाख।  मोरङको उर्लाबारी नगरपालिका–३ र पथरीशनिश्चरे नगरपालिका–२ को सिमानामा पर्ने सुनझोडा खोलामा निर्माणाधीन मोटरेवल पुल अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

मोदीले समेत खुट्टा छोएका ती व्यक्ति को थिए ?

पश्चिम बंगालमा भारतीय जनता पार्टीको नयाँ सरकारको शपथग्रहण समारोहमा प्रधानमन्त्री ल्बचभलमचब ःयमष् ले एक वृद्ध कार्यकर्ताको खुट्टा छोएको दृश्य निकै चर्चामा आएको थियो।   मोदीले

कर्मचारी ट्रेड युनियनहरू खारेज पछि, कर्मचारी संगठनहरू सामान सार्ने तयारीमा

काठमान्डौं,२७ वैशाख । बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत देशभरका निजामती, स्वास्थ्य सेवा तथा संसद सेवा अन्तर्गतका कर्मचारी ट्रेड युनियनहरू खारेज गरेपछि ती युनियनहरूले वर्षौंदेखि प्रयोग

ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स खारेजीको प्रक्रिया सुरु

काठमाडौं,२७ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनाले ३१ वटा सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाउनु

सगरमाथाको खुम्बु आइसफलमा गाइड विजय घिमिरेको मृत्यु

काठमाडौं,२७ वैशाख । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर