आधार शिविरमा भारतीय झन्डाको विवाद

काठमाडौं,२७ वैशाख । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट उल्लेख्य राजस्व सङ्कलन भएपनि अवैधानिक तथा अनाधिकृत गतिविधि बढेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हालै एक टेन्टमा भारतीय झन्डा फहराइएको तस्विरप्रति धेरैले चासो देखाएका छन् । त्यहाँ नेपाल–भारतको संयुक्त झण्डा भएपनि भारतीय ठूलो र नेपाली झन्डालाई खुम्चाइए(सानो आकार)को देखिन्छ । इन्डो–तिब्बत सीमा प्रहरीको टोलीले झन्डा राखेको अनुमान गरेपनि आधिकारिक प्रमाण फेला परेको छैन् ।

नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन् । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्षेत्राधिकार भित्र रहेर अधिकतम काम गरिरहेको प्रष्टाउनु भयो । ‘हामीसँग पाँच जनाको टोली छ, यो पर्याप्त होइन । जटिल भूगोल, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभाव छ । जोकोही लामो समयसम्म बसेर काम गर्ने अवस्था छैन् । तर अवैध काम रोक्न भने हाम्रो टोली सक्रिय छ,’ उहाँले भन्नु भयो।

सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्दै तोकिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा सानातिना कमजोरीहरुलाई अतिरन्जित नगर्न उहाँले आग्रह समेत गर्नु भएको छ । ‘भौगोलिक अवस्था जटिल रहेकाले सबैतिर सरकारी नजर नपुगेको हुनसक्छ, आरोहीहरुको संख्या धेरै भएकाले काम गर्न सहज छैन् । तर गौरवको विषयलाई ध्यान दिनपर्ने बाध्यता छ,’ उहाँले भन्नु भयो ।

यता, विभागको फिल्ड कार्यालयले अनाधिकृत रुपमा राखिएका झन्डा वा अन्य सामग्रीहरु हटाइसकेको दाबी गरेको छ । साथै अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता