न्यायलाई हाँसोको विषय नबनाउन अदालतलाई लामिछानेको आग्रह

काठमाडौं,२७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गर्नु भएको छ। रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिनु भएको छ। प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी गर्दै लामिछानेले परम्पराभन्दा बाहिर गएर गरिएको निर्णयलाई असंवैधानिक भनिएको प्रसंग उठाउनु भएको छ । वरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने उहाँको तर्क थियो ।

 

उहाँले भन्नु भयो, ‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६÷६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि, संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो ।’ लामिछानेले न्याय प्रणालीमाथि जनविश्वास कायम रहनुपर्ने भन्दै अदालतलाई पनि जिम्मेवार बन्न आग्रह गर्नु भयो। ‘चुनौतिपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? त्यो त जग हसाइ मात्र हो । हामी जग हसाइमा विश्वास गर्दैनौँ । मेरो कुरा गर्नुहुन्छ भने गर्धन अझै त्यहीँ छ । रिस उठेको छ भने चलाइदिनुस् हतियार । त्यहीं बुझाएर आएको छु गर्धन,’ उहाँले भन्नु भयो, ‘अदालतले पनि यसलाई सडकको बिषय, हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा मध्यनजर गर्दै कागजमा बन्दी मात्र नहोस् न्याय ।’

 

लामिछानेले पछिल्लो राजनीतिक अवस्थालाई ‘इतिहासकै सजिलो क्रान्ति’को संज्ञा दिँदै जनताले दिएको अवसरलाई परिणाममा बदल्न नसके आफूहरू असफल सावित हुने बताउनु भयो । उहाँले व्यवस्था परिवर्तनभन्दा अवस्था परिवर्तनको अभियान अझ ठूलो र चुनौतीपूर्ण भएको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयोे, ‘इतिहासको सजिलो क्रान्ति हो । बालबच्चा सकुशल छन्, डाइनिङ टेबलमा तातो खाना कुरिरहेको हुन्छ, वाहवाही छ, अन्तर्वार्ता दिन विभिन्न स्टुडियोमा भ्याइनभ्याइ छ । यति क्रान्तिलाई पनि दिन सकिएन भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ । व्यवस्था बदल्ने मात्र क्रान्ति होइन, अवस्था बदल्ने क्रान्ति पनि ठूलो क्रान्ति हो । हाम्रो हातमा जनताले त्यो शक्ति दिएका छन् ।’

 

उहाँले पार्टीभित्र मन्त्री वा अन्य जिम्मेवारी नपाउँदा केही असन्तुष्टि हुनु स्वाभाविक भएको बताउनु भयो। तर सांसदका रूपमा देशको इतिहास बदल्ने अवसर कुनै मन्त्री वा समितिको सभापतिभन्दा पनि ठूलो रहेको उहाँको भनाइ थियो। ‘हामीमध्ये धेरैले जित्यौँ तर सबैजना मन्त्री हुन सकेनौँ । कतै न कतै हुनुपर्ने थियो, म भइन भन्ने भावना अरुमा हुनसक्छ । मन्त्री भइएन तर समितिको सभापति त बनाउनुपथ्र्यो नि भन्ने पनि होला । तर सांसदको रूपमा हामीले देशको इतिहासलाई दिन सक्ने योगदान कुनै मन्त्री वा समितिको सभापतिले भन्दा धेरै छ,’ उनले भने, ‘हामीले कानून निर्माणमा काम गर्नुपर्ने छ ।’
लामिछानेले पार्टी ठूलो बन्दै जाँदा मतभेद र विवाद देखिनु स्वाभाविक भए पनि त्यसलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । विशेषगरी सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालका पोस्ट र व्यवहारप्रति सचेत हुन उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नु भयो।

गलत गतिविधिले चोक–चिया पसलमा समेत रास्वपामाथि व्यंग्य हुने उल्लेख गर्दै उहाँले व्यवहारबाटै पार्टी फरक भएको प्रमाणित गर्नुपर्ने बताउनु भयो। लामिछानेले रास्वपाले प्राप्त गरेको जनमत केवल आफ्ना समर्थकबाट मात्रै नभएको दाबी गर्नु भयो । कांग्रेस, एमाले, माओवादीलगायत दलमा आबद्ध मतदाताले पनि पूरानो राजनीतिक घर छाडेर रास्वपालाई विश्वास गरेको भन्दै उनीहरूको भरोसा जोगाउनुपर्ने उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता