मोटरसाईकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही,२८ वैशाख । सर्लाहीमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका – २ राईटरखोरस्थित मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको बिआर ३० ई ६९०२ भारतीय नम्बर प्लेटको मोटरसाईकलले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार गएराती करिब ८ः१५ बजेको समयमा भएको उक्त दुर्घटनामा साईकल यात्री जिल्लाको ईश्वारपुर नगरपालिका – २ राईटरखोर बस्ने किसुन देव साह गम्भीर घाईते भएका थिए भने मोटरसाईकल पछाडी सवार सोहि पालिकाको सुकनाहा बस्ने १४ बर्षिय बिक्की कुमार राउत सामान्य घाईते भएका थिए ।

घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएकोमा साईकल यात्री किसुन देव साहलाई प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले राति करिव १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै, मोटरसाईकलमा पछाडि सवार बिक्की कुमार राउतको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाईकल चालक ईश्वरपुर नगरपालिकास्थित सुकनाहा निवासी मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा