सभापति थापाद्वारा काँग्रेसको प्रदेशस्तरीय भेला उद्घाटन

सुर्खेत ,२८ वैशाख। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु भएको छ । बिहान सुर्खेत आउनु भएका सभापति थापाले भेला उद्घाटन गर्नु भएको हो ।

भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । नेपाली काँग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको छ ।

विशेष महाधिवेशनपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो । दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी हुनेछन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा हुँदै छ प्राविधिक तथा व्यवसायीक सीप मेला

दमक , २८ वैशाख । कोशी प्रदेशका SEE दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको

“ हामीलाई जहाँ बसेको छ त्यही स्थापित गरियोस् , डोजर आतंक तुरुन्तै बन्द गरियोस् “

दमक , २८ वैशाख । हालै काठमाडौ सहित देशका विभिन्न स्थानहरुका भुमीहीन दलित सुकुमबासी तथा अव्यवस्थीत बसोबास माथी राज्यबाट भएको दमन अमानवीय व्यावहार र बल

साहित्य परिषद् भुटानको अध्यक्षमा खेम रिजाल निर्विरोध चयन

अमरेरिका, २८ बैशाख / भुटानी नेपाली साहित्यको संरक्षण र प्रवद्र्धनमा क्रियाशील अग्रणी संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्यसेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध

काँग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको छ ? महामन्त्री पौडेल

सुर्खेत ,२८ वैशाख। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताउनु भएको छ । उहाँले अभियानले कुनै गुट

आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ,२८ वैशाख । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा

राजधानी दैनिक पत्रिकाप्रति सांसद खरेलको आपत्ति

काठमाडौं ,२८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाउनु भएको छ