राजधानी दैनिक पत्रिकाप्रति सांसद खरेलको आपत्ति

काठमाडौं ,२८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाउनु भएको हो । यस समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको उहाँको ठहर छ ।

उहाँले भन्नु भयो ,‘राजधानी दैनिक पत्रिकाले पूर्वसञ्चारमन्त्री अनुसन्धानको घेरामा पर्ने डरले सुटुक्क विदेश भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति म गहिरो खेद र दुःख व्यक्त गर्न चाहन्छु । स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा मलाई जोडेर लेखिएको समय यति भ्रामक र घटिया स्तरको जसरी समाचार प्रकाशित गरियो । यसले मेरो मान, प्रतिष्ठा, संसद र मेरो पार्टीप्रति पनि अपमान गरेको छ ।’

त्यस्तै उहाँले प्रकरणमा मुछिने तर के एउटा मिटिङ समेत पनि आफूले नगरेको दाबी समेत गर्नु भएको छ । यदी आफू दोषि ठहर भए राजनीतिबाट बिदा लिने भन्दै झुटो प्रमाणित गर्न नसके आफ्नो पत्रिका बन्द गर्न राजधानी दैनिकलाई चुनौती दिनु भयो ।

उहाँले भन्नु भयो,‘म चुनौती दिन चाहन्छु । यस सम्बन्धमा एउटा मिटिङ मात्र गरेको रहेछ भने पनि सम्पूर्ण राजनीतिबाट बिदा लिन चाहन्छु । तर प्रचार र झुटो लाञ्छना लगाउन सि ग्रेटको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि चुनौती दिन्छ भने म उनीहरुलाई खुला रुपमा चुनौती दिन चाहन्छु । प्रमाणित गर, गर्न सकनौं भने पत्रिका बन्द गर्ने हिम्मत छ?

उहाँले स्वीजरल्याण्ड भ्रमण अघि लिखित रुपमा सभामुख, पार्टी सभापति र परराष्ट्रमन्त्रीलाई आफूले जानकारी गराएको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए