निर्वाचनमा समर्थन नगरेको यातायात महासंघको प्रष्टिकरण

काठमाडौं ,२९ वैशाख। केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ ।

 

अध्यक्ष बाँनियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्।

 

उहाँले ट्रक महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन् ।

 

बानियाँले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम तथा विभिन्न पत्रपत्रिकामार्फत प्रसारित भएका समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको उल्लेख गर्नु भएको छ ।

 

‘नेपाल ट्रक यातायात व्यवसायी महासंघ स्वायत्त संस्था भएकाले यस संस्थाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दछ। आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

उहाँले ट्रक महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघ सहोदर संस्थाका रूपमा रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा संस्थागत रूपमा कसैको पक्ष वा विपक्षमा नलाग्ने बताउनु भएको छ।

 

पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी बिच प्रतिस्पर्धा भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए