काठमाडौँ महानगरको निःशुल्क क्यान्सर परीक्षण

काठमाडौं,२९ वैशाख । १ हजार ७ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिला मध्ये १ हजार ७ सय जनाको रिपोर्ट आउँदा यो अवस्था देखिएको हो । उनीहरूमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरूलाई हरेक वुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर बिरामीहरूलाई बोलाउने गरिएको छ ।

 

यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको छ । सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क लाग्दैन । एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएको जानकारी दिँदै कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले, रिफरल स्लिप लिएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेको जानकारी दिनु भयो । यसरी हेर्दा ५१९ जनाले सेवा लिन प्रक्रिया थालनी गर्नु भयो तर सेवा लिन पुग्नु भएन । उनीहरू सेवा किन जानु भएनरु यसको कारण, खोजीको विषय बनेको छ ।

 

जाँच गर्न पुग्नुभएका मध्ये (२ हजार ७७९ जनाको एचपीभी)सँगै २ हजार ९६४ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उहाँहरूमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ । ५९ जनाको पाठेघरको र ३६५ जनाको स्तनको गरी ४९४ जनाको भिडियो एक्सरे गरिएको छ । ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ । २ जनाको पाठेघरमा पलाएको मासु फालिएको छ । ३ जनाको आङ् खसेको छ भने ८ जनामा पाठेघरको मुखमा सङ्क्रमण (पीआइडी) देखिएको छ । ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एक पटक यसको परीक्षण गराउनुपर्छ । १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरै पटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

 

स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेष गरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरूको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा