नेपालमा नर्सको चरम अभाव

सेवा सुविधा नहुँदा विदेश पलायन हुनेको लहर तिव्र

काठमाडौं,२९ वैशाख । नेपालमा पछिल्लो समय नर्सहरूको अभाव स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरूमा दक्ष नर्स पाउन कठिन हुन थालेको छ भने ठूलो संख्यामा नेपाली नर्सहरु विदेश पलायन भइरहेका छन् । कम तलब, कामको उच्च दबाब, सीमित सेवा–सुविधा र भविष्यप्रतिको असुरक्षाका कारण धेरै नर्स विदेशतर्फ आकर्षित भएका छन् । यद्यपी, देशभर नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या भने बढ्दो अवस्थामा छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरकी म्याट्रोन (नर्स प्रमुख) निस्ता खत्रीले नर्सिङ पेशा केवल जागिर नभइ सेवाभावसँग जोडिएको पेशा भएको बताउनु भएको छ। उहाँले बिरामीको पीडालाई आफ्नै पीडा ठानेर काम गर्नसक्ने भावना नभएसम्म सफल नर्स बन्न कठिन हुने बताउनु भयो।
उहाँले पछिल्लो समय नेपालमा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढिरहेको उल्लेख गर्दै देशभित्र मात्र नभइ विदेशमा पनि नेपाली नर्सहरूको माग उच्च रहेको बताउनु भयो ।खत्रीका अनुसार नर्स बन्न केवल पढाइ पूरा गर्नु पर्याप्त हुँदैन, त्यसका लागि संवेदनशील मन आवश्यक पर्छ । ‘बिरामीलाई आफ्नै परिवारको सदस्य सम्झन सक्नुपर्छ । बिरामीको घाउ, पीडा, मानसिक अवस्था र आर्थिक समस्यालाई बुझेर सेवा गर्न सक्ने व्यक्ति मात्रै असल नर्स बन्न सक्छ,’उहाँले भन्नु भयो।
उहाँले नर्सिङ क्षेत्रमा महिलाको मात्रै सहभागिता भन्ने पुरानो सोच अझै समाजमा रहेको बताइन्। तर पछिल्ला वर्षहरूमा पुरुष नर्सको संख्या पनि विस्तारै बढिरहेको उहाँको भनाइ छ । ‘पहिले नर्सिङलाई महिलाले मात्र पढ्ने विषय मानिन्थ्यो। अहिले पुरुषहरू पनि नर्सिङ पढिरहेका छन् । विदेशमा नेपाली पुरुष नर्सहरूले राम्रो अवसर पाएका छन् ।
उहाँले भन्नु भयो,‘सुरुमा के भयो भनेदेखि नर्सिङ भन्ने बित्तिकै सबै अब केटीले नै पढ्ने विषय भन्ने भयो । वर्तमान समयमा चाँही हेर्नुहुन्छ भने मेल नर्स नभएको होइन अझैपनि एउटा ब्याचमा दुई–तीन मेल नर्सहरु छन् । नेपालमा मात्रै चेतनाको कमीले पुरुष नर्स कम देखिएका हुन् ।’
खत्रीले अहिले नेपालका अस्पतालहरूमा नर्स अभाव गम्भीर बन्दै गएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘धेरै अस्पतालमा दक्ष नर्स पाउन गाह्रो भइरहेको छ । हाम्रो अस्पताल मात्रै होइन, अन्य अस्पतालमा पनि यही समस्या छ ।’
उहाँका अनुसार कम तलब, सुविधा अभाव र कामको उच्च दबाबका कारण धेरै नर्स विदेश जान बाध्य भइरहेका छन् । उहाँले नर्सहरूले पछिल्लो समय गरेको आन्दोलनको मुख्य कारण पनि उचित पारिश्रमिक भएको जानकारी दिइनु भयो ।
उहाँले भन्नु भयो,‘अहिले नर्स पाउन धेरै नै गा¥हो भइरहेको छ । हाम्रै हस्पिटलमा अथवा अन्य कुनै हस्पिटलहरुमा पनि नर्सहरु पाउन गार्हो छ । किनकी नर्सहरुले राम्रो तलब, सुविधा जस्ता कुराहरु कम भएका कारणले गर्दा आन्दोलनहरु पनि हुने गरेका छन् । जति मेहेनत वा जति काम गर्नुहुन्छ, सो अनुसार पारिश्रमिक नभएको कारणले गर्दा सबै नर्सहरु सडकमा उत्रिनु परेको छ ।’
यसमा थप्दै उहाँले भन्नु भयो,‘नर्सहरूले दिनरात नभनी काम गर्छन् । आठ घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिरामीको अवस्था हेरेर कहिलेकाहीँ आफ्नो आराम र खाना समेत छाड्नुपर्छ,।’
उहाँका अनुसार सरकारले तोकेको सेवा–सुविधा सबै निजी अस्पतालले पूर्ण रूपमा कार्यान्वयन नगर्दा नर्सहरू असन्तुष्ट हुने गरेका छन् । ‘सरकारले तलब, नाइट अलाउन्स, हाजार्ड भत्ता लगायतका व्यवस्था गरेको छ । तर सबै संस्थाले प्रभावकारी रूपमा लागू गरेका छैनन् । जहाँ लागू भएको छ, त्यहाँ कर्मचारी केही सन्तुष्ट छन्,’ उहाँले सुनाउनु भयो ।
नर्स खत्रीले हाल नेपालमा नर्सिङ क्षेत्रमा रोजगारीको अवसर प्रशस्त रहेको पनि उल्लेख गर्नु भयो । तर अवसर भएपनि भविष्य सुरक्षित गर्ने चाहनाले धेरै नर्स विदेशतर्फ आकर्षित भइरहेको उहाँको धारणा छ ।
अहिले धेरै अस्पतालमा नर्सको माग छ । राम्रोसँग खोज्ने हो भने सजिलै जागिर पाइन्छ,’ उहाँले भन्नु भयो।
उहाँका अनुसार दुबई, कतार, अष्ट्रेलिया, अमेरिका लगायतका देशमा नेपाली नर्सहरूको आकर्षण बढ्दो छ । यही कारणले नेपालमा दक्ष नर्सको अभाव बढ्दै गएको उहाँको विश्लेषण छ ।
नर्स अभावले अस्पतालको सेवा गुणस्तरमा समेत असर पर्ने समेत उहाँको चिन्ता छ । अस्पतालमा कर्मचारी स्थिर नभएर बारम्बार परिवर्तन भइरहँदा सेवाको गुणस्तरमा असर पर्न सक्ने र नयाँ नर्सलाई काम सिकाउन समय लाग्छ उहाँको भनाइ छ ।
यद्यपि, नर्सिङ पढ्ने विद्यार्थीको संख्या भने अझै धेरै रहेको उनले बताइन् । ‘विद्यार्थीहरू नर्सिङ पढ्न उत्साहित छन् । धेरैले विदेश जाने लक्ष्यसहित पनि पढिरहेका छन्,’उहाँले भन्नु भयो।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा सम्पूर्ण नर्सहरूलाई शुभकामना दिँदै खत्रीले नर्सिङ पेशाप्रति गर्व लागेको बताउनु भयो ।
उहाँले भन्नु भयो्,‘हाम्रो यस्तो पेशा हो, जहाँ हामी बिरामीको पीडालाई आफ्नै पीडा सम्झेर काम गर्छौं । बिरामीलाई खुशी बनाउन, पीडा कम गर्न र सेवा दिन दिनरात खटिरहेका हुन्छौं,’ उहाँले भन्नु भयो।
उहाँले सबै नर्सहरूलाई सेवाभावका साथ कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गर्नु भएको छ ।
त्यस्तै काठमाडौँ क्यान्सर सेन्टरमा विगत चार वर्षदेखि कार्यरत नर्स सरु खाइजूले पनि नर्सिङ पेशाबारे बोल्दै नर्सिङ सेवा र जिम्मेवारी दुवै भएको बताउनु भयो ।
घर र काम दुवैलाई सन्तुलनमा राख्न चुनौती भएपनि नर्सहरूले आफ्नो कर्तव्यलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । ‘हामी आफैं इन्डिपेन्डेन्ट हौं भनेर यो पेशामा आएका हुन्छौं, तर कामको दबाब र पारिश्रमिकले कहिलेकाहीँ कठिन बनाउँछ,’उहाँले भन्नु भयो ।उहाँका अनुसार लामो ड्युटी, डबल सिफ्ट र ओभरटाइमका कारण नर्सहरूलाई व्यक्तिगत जीवन र परिवारलाई समय दिन कठिनाइ हुने गर्छ । विशेषगरी साना बच्चा भएका महिला नर्सहरूलाई अझ बढी चुनौती हुने उहाँले बताउनु भयो।
खाइजूले नर्सहरूको सेवा र मेहनत अनुसार तलब तथा सुविधा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उहाँले भन्नु भयो्,‘सरकार र सम्बन्धित निकायले हाम्रो कामअनुसार उचित पारिश्रमिक र सुविधा दिनुपर्छ ।’
उहाँले धेरै नर्सहरू विदेश जाने सोचमा रहेको उल्लेख गर्दै आफू भने नेपालमै बस्ने चाहना भएपनि अवसर र अवस्थाले प्रभाव पार्ने बताउनु भयो। ‘नेपालमै राम्रो अवसर र सुविधा भए यहाँ बस्न मन छ, तर अहिलेको अवस्थामा विदेश जाने सोच धेरैमा आउँछ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा