वित्तीय प्रणाली माथिको ‘सिन्डिकेट’ तोड्ने अर्थमन्त्रीको उद्घोष

काठमाडौं,२९ वैशाख । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाउनु भएको छ। मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणाली माथि कब्जा जमाउने प्रयास गरेको दाबी गर्नु भएको छ।

 

उहाँका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उहाँले भन्नु भयो,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरिएको अवस्था थियो ।’ अर्थमन्त्री डा.वाग्लेले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेको उल्लेख गर्दै देशका आर्थिक र राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गर्नु भयो।

 

उहाँले हालको परिवर्तनलाई ‘जेन–जी आन्दोलन’को परिणामका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई सम्भावित गलत दिशाबाट जोगाएको दाबी गर्नु भयो । साथै, सरकार अब पूर्ण रूपमा सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँको भनाइ थियो । ‘पहिलो वर्ष सुशासन, त्यसपछि विकास निर्माण स्वतः अघि बढ्ने आधार तयार गर्ने सरकारको रणनीति हो,’ उहाँले प्रधानमन्त्रीको धारणा उद्धृत गर्दै बताउनु भयो । अर्थमन्त्री डा.वाग्लेले नेपालका पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पार्नु भयो।

 

उहाँले स्टक एक्सचेन्ज पुनःसंरचना सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिनु भयो । सरकारले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस रूपमा अघि बढाउने तयारी गरेको पनि उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले