हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न सांसद बुद्धरत्न महर्जनको माग

काठमाडौं,२९ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको सडक स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटर सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘हेलटारदेखि चापागाउँसम्मको ६२.२ किलोमिटरको सडक स्तरउन्नतिको लागि यसै सदन मार्फत विशेष ध्यानाकर्षण गराउन चाहन्छु । चुनावी प्रचारप्रसारका क्रममा देखेका ती कलिला भाइबहिनीको आँखामा छाएको अन्योल, युवाजमातमा छाएको परिवर्तनको हुटहुटी र सम्पूर्ण जनमानसमा देखिएको उत्साह तथा नयाँ पार्टीप्रतिको आशालाई शिरोधार्य गर्ने प्रतिबद्धता यसै सदनमार्फत गराउन चाहन्छु ।’

 

उहाँले परिवर्तनका लागि जीवन आहुती दिने शहीदहरूको सम्मान र जनमतको कदर गर्न नसके देश विकासका नाराहरू खोक्रो बन्ने टिप्पणी गर्नु भएको छ। महर्जनले भन्नु भयो, ‘अबको दिनमा पनि परिवर्तनका लागि आफ्नो जीवन आहूती दिनुभएका शहीदहरूको कदर गर्न सक्दैनौँ र जनमतको सम्मान गर्न सक्दैनौँ भने देश विकासको खोक्रो नारा बोकेर जनतासमक्ष जानु लज्जास्पद हुनेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता