सरकार जिम्मेवारीप्रति गम्भीर भएन, फेसबुकमा खोज्नुपर्ने अवस्था आयो

काठमाडौं,२९ वैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गर्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल देखिएन । सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको छैन । कांग्रेस ठूला गफ गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन् । जनतासँग खुलस्त बहस गर्नु एउटा लोकतान्त्रिक सरकार र नेताको प्राथमिक कर्तव्य हो । लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो ।’ उहाँले सरकारले लोकप्रियतावादी घोषणापत्र मात्रै प्रस्तुत गरेको भन्दै सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर नभएको धारणा राख्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा