झापा, २९ वैशाख । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे ले मुक्तिचोकमा रहेको स्तम्भ हटाइएको विषयलाई लिएर आपत्ति जनाउनुभएको छ। महेन्द्र राजमार्ग विस्तारका क्रममा गत शुक्रबार उक्त स्तम्भ सारिएको थियो।
उहाँले भन्नुभयो, “मैले यहाँका सिडियोलाई फोन गरेर मुक्तिचोक भत्काउन रोक्नुस् भनेको थिएँ, होइन भने सुतेको बाघलाई व्युँताउने काम हुन्छ।”
उहाँका अनुसार, “यो मुक्तिचोकको शान्तिको प्रतीक स्तम्भ हो। यहाँका सरकार पक्ष, राजनीतिक दल तथा सरोकारवालासँग छलफल नगरी, हाम्रो रोहबरमा नभत्काई राति ९ बजे सरकारको ठाडो निर्देशनमा नियतवश तोड्ने काम गरिएको हो।”
तर, बाटो विस्तारका क्रममा यस्ता विवाद सामान्य रूपमा देखिन सक्छन्। प्रश्न यहाँ उठ्ने कुरा के हो भने एउटा जिम्मेवार, राजनीतिक रूपमा अनुभवी र सभापति जस्तो गरिमामय पदमा रहेका व्यक्तिबाट आएका यस्ता अभिव्यक्तिलाई विकास विरोधी भन्न मिल्छ कि मिल्दैन?
यस्ता अभिव्यक्तिबाट सर्वसाधारण जनताले के सन्देश लिने? जिम्मेवार नेतृत्वले समाजलाई संयमता, संवाद र समाधानको बाटो देखाउनुपर्ने हो कि उत्तेजना र विवादलाई प्रोत्साहन गर्ने?









