युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ : रचना खतिवडा

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको बताउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकको योगदान बिर्सिदै गएको भन्दै आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गर्नु भएको छ।

उहाँले युवाहरूको सपना र भविष्यमा आक्रमण गर्ने दोषीलाई कहिले सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाइन्छरु भनेर प्रश्न समेत गर्नु भयो ।
उहाँले भन्न् भयो,‘आज देश परिवपर्तनको नयाँ चरणमा पुगेको छ । तर जुन जेनजी आन्दोलनको शहीद तथा घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उनीहरुलाई विर्सिदै गएका हौं र? शहीद परिवार र घाइतेको मनमा न्यायको मलम अझै लागेको छैन् ।

सदनमार्फत म यो प्रश्न गर्न चाहन्छु–के निर्दोष जनतामाथि गोली चलाएर युवाहरुको सपना र भविष्यमाथि आक्रमण भएको छ, ति दोषिलाई जेलमा देख्न पाउँछौं र?’
उहाँले न्यायपालिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा शुद्धीकरण आवश्यक रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो