प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन : हर्क साम्पाङ

काठमाडौं,२९ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाउनु भएको छ।

 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको भन्दै के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त रु भन्दै प्रश्न गर्नु भयो ।

 

उहाँले भन्नुभयो, ‘यो सरकार छ कि छैन् र? प्रधानमन्त्री छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन र? सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरुको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो भन्ने हुन्छ ? जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त र?’

त्यस्तै उनले ‘जनता सरकारसँग डराएर बाच्नुपर्ने हो र? ’ भन्ने प्रश्न गरे । जनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ र? भन्ने उहाँको अर्को प्रश्न थियो ।

‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो र? यही हो लोकतन्त्र रुजनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ र? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य कसलाई सोधेर गरिररहेको हो वा आफूखुसी निर्माण गरिरहेको हो ।

उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार किन मुकदर्शक बनेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो,’ उहाँले भन्नु भयो ।

उहाँले नीति तथा कार्यक्रम बन्दा प्रतिपक्ष दलसँग छलफल नगरी खाका बनाएर बाचन भएको भन्दै आपत्ति जनाउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो