अझैपनि कम्प्यूटर सिक्ने विद्यार्थीको आकर्षण

भन्छन् ‘कम्प्यूटर नसिके त भविष्मा दुःख पाइन्छ होला ।’

दमक,३० वैशाख ।दमक ५ स्थित एस एन मार्केट । दमक चोकमा रहेको आकाशे पुलको ठीक्क उत्तर पट्टि । देढ दशक देखी यहाँ एउटा सस्थाले विद्यार्थीहरुलाई कम्प्यूटर सिकाईरहेको छ । लगबग कुनै पनि दिन यहाँका ल्यावहरु खाली हुदैनन । अपवाद बाहेक सँधै भरीभराउ हुने गर्दछ । यो सस्था हो सि एस सि आई एजुकेशन फाउण्डेशन । अहिलेपनि यसको प्रयोगात्मक ल्याव होस वा सैद्धात्नीक पढ्ने कोठा सँधै भरीभराउँ हुन्छन् । यहाँ आउने विद्यार्थीहरु कम्प्यूटर सिकेर आफ्नो भविष्य उज्वल बनाउन चाहन्छन् । विद्यालयमा कम्प्यूटर त सिकिन्छ तर त्यसलाई थप व्यवहारीक र व्यवसायीक बनाउन भने यस्ता तालिम केन्द्रमा आएर सिक्न आवश्यक रहेको उनीहरुको बुझाई छ ।

 

कम्प्यूटरका बिभिन्न कोर्षहरुले छुटाछुट्टै सम्भावना र अवसर बोकीरहेका हुन्छन । यहाँ कोहि कोडीङ सिकिरहेका हुन्छन्। कोहि प्रोग्रामीङ त कोहि भने हार्डवेयरका कक्षाहरु लिइरहेका छन् । अहिले जेजे सिकेपनि उहाँहरुको यो सिकाई भविष्यमा काम गर्न सहज होस भन्ने नै हो । त्यसैल उहाँहरु कम्प्यूटर सिकिरहनु भएको छ ।

समयको माग र आवश्यकतालाई मद्यनजर गर्दै यस सि एस सि आई एजुकेशन फाउण्डेशनले विद्यार्थीहरुलाई कम्प्यूटर सम्बन्धीका कोर्षहरु सिकाईरहेको छ । यसको शैद्धान्तीक अध्ययन गर्ने कक्षा अनी प्रयोगात्मक कक्षा त बेग्ला बेग्लै छ नै यदी कुनैपनि विद्यार्थी कुनैपनि दिन कक्षामा आउन छुट्यो भने त्यस दिनको भिडियो रेकर्ड दिइन्छ र उसले आफ्नो छुटेको कोर्ष समेत पुरा गर्न सक्छ । प्रविधिमा अव्वल जनशक्ति बनाउन यो सस्था कटीवद्ध भएर निकै ठुलो र दक्ष टीम सहित यो अभियानमा निरन्तर लागीरहेको यसका सञ्चालक राजु गौतमले जानकारी दिनुभयो ।

 

यहाँ अहिले पनि करिव ३ सय जना विद्यार्थीहरुले कम्प्यूटरका विभिन्न स्तरका कोर्षहरु सिकिरहेका छन् । कोर्षअनुसारका बिज्ञ प्रशिक्षकले यहाँ प्रशिक्षण गराउँदै आउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता