बाजुराको एसईई नतिजा ६१.९ प्रतिशत विद्यार्थी उत्तीण

बाजुरा,३० वैशाख । बाजुराबाट माध्यामिक शिक्षा परीक्षा एसइईमा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । (एसइई) २०८२ मा बाजुराको समग्र ग्रेडेड प्रतिशत ६१.९ पुगेको हो । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सार्वजनिक गरेको विवरण अनुसार,जिल्लाभरबाट परीक्षामा सहभागी २ हजार १ सय २६ विद्यार्थीमध्ये १ हजार ३ सय १६ जना ग्रेडेड भएका छन् । भने ८ सय १० विद्यार्थी नन–ग्रेडमा परेका हुन् ।

परीक्षामा साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्, भने साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
यस वर्ष जिल्लाका ६८ विद्यालयका विद्यार्थीहरुको परीक्षामा सहभागीता रहेको थियो।सामुदायिक विद्यालय तर्फ २ हजार २० विद्यार्थी सहभागी भएकोमा १ हजार २ सय ५१ जना ग्रेडेड भएका हुन् । संस्थागततर्फ १ सय ६ विद्यार्थीमध्ये ६५ जना ग्रेडेड भएका हुन् ।

४ जीपीए ल्याउने शून्य :
जिल्लामा यस बर्ष ४ जीपीए ल्याउने विद्यार्थी शून्य छन् । सार्वजनिक नतिजा अनुसार बाजुराबाट ४ जीपीए ल्याउने विद्यार्थी एक जना पनि छैनन् । सबैभन्दा बढी विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहका छन् । उक्त समूहमा ६१५ विद्यार्थी रहेका छन् ।

यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने २३७ जना तथा ३.६ देखि ४.० जीपीए ल्याउने २९ जना विद्यार्थी रहेका छन् । त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ३८९ विद्यार्थी रहेका छन् । भने २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या ४६ रहेको छ ।
१.६ देखि २.० जीपीए समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन् । यो बर्ष क्रेटर जोन एकेडेमीमा अध्ययनरत पूजा कार्की जिल्लामै प्रथम हुनु भएको छ । उहाँले सर्वाधिक ३.९१ प्रतिशत जिपीए ल्याउनु भएको छ।
बाजुरामा २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए।विगत दुई बर्षको नतिजा हेर्दा यो बर्ष सुधारोन्मुख देखिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले