सांसद नेम्वाङद्वारा चिया क्षेत्रको आर्थिक महत्वमा जोड

काठमाडौं,३० वैशाख । सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताउनु भएको छ। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वि.सं.१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘बि.स १९२० मा इलाममा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र रोजगारी निर्यात अन्तर्राष्ट्रिय पहिचान सँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ ।’

 

उहाँले १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्रै नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको जानकारी उहाँले दिनु भयो । ‘१५ हजार भन्दा बढी किसान र ६० हजार भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ । आथिक वर्ष २०८१÷८२ मात्रै करिब ४ अर्ब ५९ करोड रुपैयाँको चिया निर्यात भएको छ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटको कटहरियाबाट तीन बालक एकैसाथ बेपत्ता

रौतहट,३० वैशाख । रौतहटको कट हरिया नगरपालिका–५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा

कोशी पर्यटन वर्ष ’नारा’मै सीमित

विराटनगर,३० वैशाख । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको

हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश

काठमाडौं,३० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री नआए बैठक बहिष्कार गर्ने सांसद केसीको चेतावनी

काठमाडौं,३० वैशाख । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएमा बैठक बहिस्कार गर्ने चेतावनी दिनु भएको

स्वदेशी उत्पादनलाई बजार दिन करको दायरा परिमार्जन गर्न सांसद कुँवरको माग

काठमाडौं,३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताउनु भएको छ। बुधबार बसेको