हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश

काठमाडौं,३० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

उहाँले भन्नु भयो, ‘हामीले संसद बैठक बहिष्कार गरेका हौँ । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ । सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ ।’

अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गर्नु भयो। उहाँका अनुसार संसदमा प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ ।
त्यस्तै उहाँले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दाबी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटको कटहरियाबाट तीन बालक एकैसाथ बेपत्ता

रौतहट,३० वैशाख । रौतहटको कट हरिया नगरपालिका–५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा

कोशी पर्यटन वर्ष ’नारा’मै सीमित

विराटनगर,३० वैशाख । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको

हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश

काठमाडौं,३० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री नआए बैठक बहिष्कार गर्ने सांसद केसीको चेतावनी

काठमाडौं,३० वैशाख । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएमा बैठक बहिस्कार गर्ने चेतावनी दिनु भएको

स्वदेशी उत्पादनलाई बजार दिन करको दायरा परिमार्जन गर्न सांसद कुँवरको माग

काठमाडौं,३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताउनु भएको छ। बुधबार बसेको