सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।

 

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताउनु भयो ।

 

उहाले भन्नु भयो, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’

 

झाँक्रीले सरकारले सुशासन र आर्थिक विकासका एजेन्डा उठाए पनि व्यवहारमा निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको आरोप लगाउनु भयो ।

 

उहाँका अनुसार सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई सहज बनाउनुपर्नेमा त्यसलाई अवरोध गर्ने प्रवृत्ति देखिएको छ । उहाँले भन्नुभयो, ‘सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।’

 

उहाँले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने र दबाब सिर्जना गर्ने शैली अपनाइएको आरोप समेत लगाउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले